बैशाख १६, २०८१, आइतबार
               

प्राप्त उपलब्धि गुम्ने हुन कि भनी चिन्ता लाग्ने गरेको छ : यादव

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धि गुम्ने हुन् कि भनी चिन्ता लाग्ने गरेको बताएका छन् । 

मंगलबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता यादवले सो बताएका हुन् । ‘नेपाली जनताले पटक पटक आन्दोलन गर्ने तर प्राप्त उपलब्धि जोगाउन नसक्ने नियति भोगिरहनुपरेको छ,’ नेता यादवले भने, 
 ‘हामी आन्दोलन पनि गर्छौँ, परिवर्तन पनि गर्छौँ, तर त्यसलाई जोगाउन सक्दैनौँ । अहिलेसम्मका आन्दोलनको सबैभन्दा ठुलो उपलब्धि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुनु हो । यसभित्र नै समावेशी लोकतन्त्र, नागरिक स्वतन्त्रतालगायत मानिसका आधारभूत अधिकारको प्रयोग र उपयोगको व्यवस्था छ ।’ 

तर, यादवले यिनै अधिकार दिने व्यवस्था खतरामा परेको हो कि भन्ने चिन्ता बढ्न थालेको बताउँदै संघीयतामाथि नै प्रहार हुन थालेको आभास हुन थालेको बताए । यादवले भने, ‘प्रदेशहरूमा कानुन नबनाउनु, भएका पनि कार्यन्वयन नहुनुले स्वभाविक चिन्ता बढेको छ ।’


कस्तो लाग्यो ?

यो पनि