बैशाख १८, २०८१, मंगलबार
               

सर्वोच्चले संवैधानिक र कानुनी जिम्मेवारी नाघेको प्रचण्डको टिप्पणी

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चले संवैधानिक र कानुनी जिम्मेवारी नाघेको टिप्पणी गरेका छन् । 

नेकपा नाम विवादमा एमाले र माओवादी केन्द्र ब्यूँत्याउने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनको माग गर्दै अदालत  पुगेका प्रचण्डले कसैको राजनीतिक अभिष्ट पूरा गर्ने गरी फैसला गरेको आरोप लगाउँदै सो टिप्पणी गरेका हुन् । 

प्रचण्डले अघि भनेका छन्, ‘कसैको राजनीतिक अभिष्ट पूर्तिको लागि स्वतन्त्र न्यायालयबाट यस्तो इन्साफ हुने हो भने मुलुकमा अराजकताबाहेक केही पनि, कोही पनि बाँकी रहँदैन । त्यसको प्रत्यक्ष प्रभावको भागिदार स्वयं अदालत बन्नुपर्ने स्थिति आउन सक्तछ ।’

प्रचण्डले उक्त फैसला पुनरावलोकन गरी त्रुटिपूर्ण आदेश बदर गरी संविधान र प्रचलित राजनीतिक दलसम्बन्धी ऐनबमोजिम एकीकरण भएको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यथावत कायम गर्न माग गरेका छन् ।

 

यो पनि