बैशाख २१, २०८१, शुक्रबार
               

सिके राउतलाई ३५ दिनभित्र उपस्थित हुन नवलपरासी अदालतको आदेश

नेपाल फ्ल्यास
चैत १६, २०७७

ADVERTISEMENT

काठमाडौं । मूलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष सिके राउतलाई नवलपरासीले ३५ दिनभित्र हाजिर हुन अदालतले भनेको छ ।

सो अदालतले एक सूचनामार्फत् चन्द्रकान्त राउत भनेर समेत चिनिने सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन भनेको हो ।
न्यायाधीश ध्रुवकुमार शाहको इजलासले २१ फागुनमा पत्रिकामा म्याद सूचना प्रकाशित गर्ने आदेश दिएको थियो । पक्राउ पूर्जीसहितको म्याद सूचना प्रकाशित गरे पनि नभेटिएपछि उनलाई हाजिर हुन भनिएको थियो ।

अदालतले तोकेको समयमा हाजिर नभए कानुनअनुसार कारबाही हुने भनिएको छ । राउतविरुद्ध मुलुकी फौजदारी संहिता, राज्यविरुद्धको संगठित अपराध अन्तरगत दफा ४९ को नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, खण्डता वा राष्ट्रिय एकतामा खलल पारेको अभियोग लगाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि