जेठ ०५, २०८१, शनिबार
               

थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

नेपाल फ्ल्यास
चैत १६, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले रेशम चौधरीलगायत बन्दीको रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि वार्ता टोली गठन गरेको छ ।

पछिल्लो समय थारुहट बन्दोलनका मुख्य योजनाकार भनी चिनिने रेशम चौधरीको रिहाइका लागि थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समितिले पहल गरिरहेका बेला सरकारले सोमबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सो वार्ता टोली गठन गरेको हो ।

सरकारले गठन गरेको वार्ता टोलीमा रामबहादुर थापाको नेतृत्वमा गठन भएको सो वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन् ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार सोमबार नै थारु कल्याणकारी सभासँग वार्ता हुनेछ । केही दिनअघि मात्रै गृहमन्त्री वादल माइतीघरस्थित धर्ना स्थलमा पुगेर वार्तामा आउन आग्रह गरेका थिए ।

को हुन् रेशम चौधरी 

विसं २०७२ कैलालीमा घटेको नरसंहार घटनाका मुख्य आरोपी रेशम चौधरी २०७४सालको चुनावमा कैलाली क्षेत्र नं १का निर्वाचित जनप्रतनिधि हुन् । उनले सो निर्वाचन भूमिगत विजय हासिल गरेका थिए । 

कैलाली घटनापश्चात् उनी प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । उनीमथि कैलालीको कैलालीको टीकापुर घटनामा डेढ वर्षीय नाबालकसहित आठ सुरक्षाकर्मीको सामूहिक हत्याको आरोप छ । 

हाल उनी कारगार जीवन बिताइरहेका छन् । उनलाई कैलाली अदालतले केही समयअघि आजीवनको फैसला सुनाएको थियो ।

यो पनि