बैशाख १७, २०८१, सोमबार
               

प्राविधिक रुपमा ओली अल्पमतमा छन् : नेता रिजाल

नेपाल फ्ल्यास
चैत १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलार्ई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताएका छन् । 

बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले ओली प्रधानमन्त्री भएकै दिनदेखि आफूहरूले विश्वासको मत नदिएको बताए । प्रधानमन्त्री ओली विश्वासको मत लिन संसदमा आए कांग्रेसले मत दिन नसक्ने उनको भनाइ छ ।

अहिलेका प्रधानमन्त्रीमाथि विश्वास नरहेको बताउँदै नेता रिजालले आफूहरू प्रतिपक्ष दल भएकाले अविश्वासको प्रस्ताव आए मतदान गर्ने बताए । 

अहिले प्रधानमन्त्री ओली गठबन्धनको सरकार बनाउने भन्दा पनि संसदको ठूलो दलको हैसियतमा धारा ७६(३) अनुसारको सरकार बनाएर प्रतिनिधि सभा विघटन गरी चुनावमा जाने मनसायमा रहेको बताए । प्रधानमन्त्री ओलीसँग राजनीतिक रूपमा बहुमत भए पनि प्राविधिक रूपमा नरहेको उनको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि