जेठ ०५, २०८१, शनिबार
               

हामीसँग सहकार्य गरौँ न महन्थजी : प्रचण्ड

नेपाल फ्ल्यास
चैत १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने प्रस्ताव राखेका छन् । 

शनिबार बृहत् नागरिक आन्दोलनले प्रज्ञा डबलीमा भएको कार्यक्रममा आफ्ना धारण राख्ने क्रममा प्रचण्डले सो प्रस्ताव राखेका हुन् । त्यसैगरी, सो क्रममा उनले गठबन्धन सरकार बनाउन प्रस्ताव पनि राखेका छन् । 

मधेसको अधिकार र पहिचानविरोधी प्रवृत्तिका रुपमा केपी ओली प्रवृत्ति स्थापित रहेको भन्दै उनले भने, ‘एक हप्ताभित्र हाम्रो सरकार बन्छ महन्थजी । तपाई हामी भएर (सम्बोधन) गरौँ न, किन ओली कहाँ धाउनुहुन्छ ?’ उनले आफूले दुईपटक मधेसका मुद्दा सम्बोधन गर्न संशोधन प्रस्ताव लैजाँदा केपीले नै पास हुन नदिएको पनि बताए ।


कस्तो लाग्यो ?

यो पनि