जेठ ०५, २०८१, शनिबार
               

सरकारलाई दिएको समर्थन एक दुई दिनमा फिर्ता हुन्छ : दाहाल

नेपाल फ्ल्यास
चैत १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता दिने बताएका छन् । 

बृहत् नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियाका क्रममा अध्यक्ष दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन एकदुई दिनमै फिर्ता लिने बताएका हुन् ।

संसद् विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाट हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाब रहेको रहेको बताउँदै प्रचण्डले भने, ‘अब म नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिन, राजनीति जतासुकै जाओस् ।’

तर,  उनले आफूले अवसको निकासबारे हिजो सडकमा भएका दलहरुबीच न्यूनमत सहमति होस्, सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर मात्र दाह्रा किटेर समर्थन कायम राखेको बताए ।


कस्तो लाग्यो ?

यो पनि