बैशाख १७, २०८१, सोमबार
               

प्रदेश-१ मुख्यमन्त्री राईंले विस्तार गरे मन्त्रिपरिषद्

नेपाल फ्ल्यास
चैत १३, २०७७

ADVERTISEMENT

काठमाडौं  । प्रदेश-१का मुख्यमन्त्री शेरधन राईंले आफ्नो मन्त्रिपरिषद बैठक विस्तार गरेका छन् । मुख्यमन्त्री राईंले शुक्रबार माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टंक आङबुहाङलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाएका हुन् । शुक्रबार मन्त्री बनेका आङबुहाङ प्रचण्ड–माधव समूहले ल्याएको अविश्वासको प्रस्तावमा हस्ताक्षरकर्ता पनि हुन् । 

तर, सर्वोच्चको २३ फागुनको फैसलासँगै एमाले र माओवादी ब्युँतिएपछि २३ माओवादी नेता एमाले प्रवेश गरेका थिए, जसमा प्रदेशसभा सदस्य आङबुहाङ पनि थिए ।

त्यसैगरी, मुख्यमन्त्री राईंले उषाकला राईंलाई सामाजिक विकासमन्त्री बनाएकी छिन् । एमाले र साबिकको नेकपामा नेपाल समूहमा रहेकी उषा र उनका पति प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ ५ पुसमा संसद विघटनलगत्तै ओली समूहमा लागेका थिए ।

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना र भौतिक पूर्वाधार राज्यमन्त्री अमीरबाबु गुरुङले मन्त्रीको जिम्मेवारी पाएका छन् । एमालेबाट प्रदेशसभा सदस्य भएका राना संसद विघटनपछि नेकपामा देखिएको विवादमा नेपाल समूह छाडेर ओली पक्षमा लागेका थिए । गुरुङ भने ओली समूहकै हुन् ।

त्यसैगरी, राजकुमार ओझाले उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री र कला घलेले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन् । 

यो पनि