बैशाख १६, २०८१, आइतबार
               

ओलीलाई तत्काल पदबाट हटाउनुपर्छ : यादव

नेपाल फ्ल्यास
चैत १३, २०७७

ADVERTISEMENT

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने बताएका छन् ।

प्रेस मञ्च नेपालले आज बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष यादवले केपी ओली नेतृत्वको सरकारको विकल्प दिन ढिलो भइसकेको उनकाे भनाइ छ । उनले वैकल्पिक सरकार दिन प्रमुख प्रतिपक्षी दलले अग्रसरता लिनुपर्ने बताए ।

ओलीले यसअघि विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्थापित गरे पनि ओलीले फेरि विघटन गर्ने भन्दै ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने बताए । यादवले जसपा ओली नेतृत्वको सरकारमा सहभागी नहुने स्पष्ट पारे । उनले सरकारसँग पार्टी नेताहरूले गरेको वार्ता रेशम चौधरीसहित राजबन्दीको रिहाई र पार्टी नेता कार्यकर्ताको मुद्दा फिर्ताका लागि मात्र भएको बताए ।

उनले प्रधानमन्त्री ओलीको निरंकुश,संविधान र स्वेच्छाचारी प्रवृत्ति र राजनीतिक अस्थिरताले अन्योलता सिर्जना गरेको आरोप लगाए ।


कस्तो लाग्यो ?

यो पनि