बैशाख १३, २०८१, बिहीबार
               

नेपालीको आत्मनिर्णय अधिकार खोस्ने प्रयास भइरहेको छ : दाहाल

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नोबारे आफैँ निर्णय गर्ने नेपालीहरुको अधिकार खोस्ने प्रयास भइरहेको बताएका छन् ।  

बुधबार धुलिखेलमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा अध्यक्ष दाहालले सो बताएका हुन् । सो क्रममा आदेशपालक बनाउन खोजेजस्तो आफूलाई लागेको बताउँदै उनले नेपालीले आफ्नो निर्णय आफैँ गर्न सक्छन् भन्ने देखाउनुपर्ने बेला आएको पनि बताए । 

उनले संविधान बनाउने बेलामा धावा बोलिएका शक्तिहरुले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई दलालको रुपमा, मोहोराको रुपमा प्रयोग गर्न सफलता प्राप्त गरेको जिकिर गरे । संसद् विघटन, संविधान क्षतविक्षत गर्ने कार्य त्यसैको परिणाम भएको उनको संकेत थियो ।

‘अझै पनि खतराको कालो बादल मडारीराखेकै छ, आकाशमा । नेपाली जनताले आफ्नो चनाखोपनलाई, राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध भएन भने खतरा हुन पनि सक्छ,’ उनले भने, ‘नेपालीहरुलाई निरीह हौँ तिमीहरु भनेर बनाउने चाहनाहरु पूरा पनि हुन सक्छन् ।’

शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमाले र माओवादी केन्द्रबीचको एकतासम्म आइपुग्दा नेपालीहरु कसैको दबाव वा हस्तक्षेपमा होइन, आफ्नो निर्णय आफैँले गर्न सक्छन् भन्ने स्थापित गरिएको उनले बताए । तर, त्यसलाई मन नपराएकाहरुले नेकपाभित्र दलाल तयार पारेको भन्दै प्रचण्डले भने, ‘जसलाई पार्टीको अर्को अध्यक्ष बनाइएको थियो, तिनै अध्यक्षलाई दलालका रुपमा मोहोरा बनाउन सफल भए ।’

सो क्रमा उनले प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने कदम चालेको पनि बताए । 

त्यो फैसलाको मर्मसँग बाझिने गरी २३ फागुनमा अर्को फैसला आएको भन्दै प्रचण्डले भने, ‘खतरा अझै टरेको छैन, नेपालीहरुको अत्मनिर्णयको अधिकार धरापमा छ ।’

यो पनि