बैशाख ०८, २०८१, शनिबार
               

सरकारविरुद्ध पहल लिन ढिलो गर्नु हुँदैन : भट्टराई

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारविरुद्ध पहल लिन ढिलो गर्न नहुने बताएका छन् ।

नेपाली राजनीति पोखरीको पानी झै जमिरहेका बेला जसपका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बंगलबार ओली सरकारविरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दै गएको बताउँदै सो बताएका हुन् ।

सो क्रममा बाबुराम भट्टराईले कांग्रेसतर्फ लक्षित गर्दै लखनौमा दुई नबाबबीच को पहिले गाडी चढ्ने भन्नेमा अन्योल हुँदा गाडी नै छुटेको लोक  प्रसंग गर्दै भट्टराईले प्रतिपक्षी दलहरुलाई संघर्ष गर्न नपर्खन सुझाव दिए ।

फागुन २३ को सर्वोच्चको फैसलापश्चात् नेपाली राजनीति स्थिर झै देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा पदबाट राजीनामा दिन दबाब दिइरहेको माओवादी केन्द्र र सत्तारुढ नेकपाकै केही नेता तथा जसपाबीच समन्वय हुन नसक्दा नेपाली राजनीति यो अवस्थामा पुगेको हो ।

यतिखेर नेकपा माओवादी केन्द्र र केपी ओलीबीच पानी बाराबारको स्थिति भए पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । जुन नेपाली राजनीतिमा रहस्यको विषय बनेको छ । 

त्यसैगरी, केही दिनअघि मात्रै सरकारको नेतृत्व लिन तयार भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार मात्रै आफू सरकारमा नजाने र अविश्वासको प्रस्ताव पनि नल्याउने उद्घोष गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि