जेठ ०५, २०८१, शनिबार
               

सरकारबाट संसद्को अमपान गर्ने काम भएको छ : थापा

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधिसभा भंग सही थियो भन्ने कुरा पुष्टिका लागि सरकारले संसद्लाई बिजनेस नदिएको बताएका छन् ।

मंगलबार शून्य समयमा बोलेका सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणकारीलाई नियन्त्रणका लागि कानुन बनाउन नदिएको भनी हल्ला गर्ने गरेको बताउँदै सो बताएका हुन् । 

‘संसदलाई एउटा पनि विधेयक नदिने? विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रियसभा बैठक पनि नबोलाउने,’सो क्रममा नेता थापाले भने ।

विधेयक अधिवेशनमा आफूहरू काम गर्न तयार रहे पनि सरकारले संसदलाई एउटा पनि विधेयक नदिएको थापाको बताए  । जति दिन केपी शर्मा ओली नेतृत्वको सरकार रहन्छ, संसदको तिरस्कार, अमपान र उपेक्षा गर्ने काम भइरहने दाबी थापाको छ। ‘किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ,’ उनले भने।


कस्तो लाग्यो ?

यो पनि