जेठ ०४, २०८१, शुक्रबार
               

आज राष्ट्रपति भण्डारी बंगलादेश जाँदै, राजधानीमा कडा सुरक्षा

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने भ्रमणको लागि बंगलादेश जाँदै छन् । राष्ट्रपति भण्डारी यही चैत ९ र १० गतेको बङ्गलादेशको राजकीय भ्रमणमा जाने भएकी हुन् ।

उनी बंगलादेश जाने भएपछि आज राजधानीका विभिन्न सडकमा सुरक्षा कडा बनाइएको छ । धेरै स्थानका सडक र चोक–चोकमा प्रहरीले सुरक्षा दिइरहेको छ । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत ढाका प्रस्थान गर्नेछिन्। उनी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने छन्।

बंगलादेश पुगेपछि भण्डारीलाई बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र बंगलादेशशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले स्वागत गर्नेछन्।  राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ सम्मान गरिने कार्यक्रम रहेको छ । त्यसपछि उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि पुग्ने बताइएको छ ।

उनले  सोमबार नै बङ्गलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम  रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको भ्रमण दलमा उनकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा. हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा. भेषराज अधिकारी रहनेछन् ।  

यो पनि