बैशाख १६, २०८१, आइतबार
               

होटेल तथा रेस्टुरेन्टले विद्युत् शुल्कमा छुट पाउने

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । होटेल तथा रेस्टुरेन्टले विद्युत् डिमान्ड शुल्कमा छुट पाउने भएका छन् ।  

सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार सरकारले लकडाउन घोषणा गरेको अवधि २०७६ चैत ९ देखि २०७७ भदौ मसान्तसम्मको शतप्रतिशत डिमान्ड शुल्कमा छुट दिने निर्णयसँगै उनीहरुले छुट पाउने भएका हुन् । 

२०७७ असोज १ गतेदेखि २०७७ माघ मसान्तसम्मको डिमान्ड शुल्कमा भने ५० प्रतिशतले छुट दिने निर्णय सरकारले गरेको हो । 

सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट अतिप्रभावितको सूचीमा रहेका तथा होटेल उद्योगको रुपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित रुपमा नवीकरण भएका र कर विवरण पेस गरेकाहरुलाई छुट दिने निर्णयसँगै उनीहरुले छुट पाउने भएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि