जेठ ०२, २०८१, बुधबार
               

शनिबार नेकपा एमालेको संसदीय दलको बैठक बस्ने

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले शनिबार एमाले संसदीय दलको बैठक बोलाएका छन्। 

सांसद शेरबहादुर तामाङले शनिबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाएका हुन् । संसदीय दलको बैठकपछि केन्द्रीय कमिटी बैठक बस्ने बताइएको छ ।

शनिबारको संसदीय दलको बैठकमा माधव नेपाल र झलनाथ खनाल समूह पनि सहभागी हुने तयारी रहेको बुझिएको छ । यद्यपि सो समूहका केही नेताले छलफल गर्न बाँकी रहेको बताका छन् । बिहीबार बसेको संसदीय दलको बैठकमा भने सो समूहका केही सांसद अनुपस्थित थिए । 

माधव नेपाल पक्षका नेता योगेश भट्टराईले पनि बिहीबारको बैठकमा व्यस्तताका कारण उपस्थित हुन नसकेको र अब हुने संसदीय दलको बैठकमा उपस्थित हुने पत्रकार सम्मेलनमा बताएका थिए।

यो पनि