जेठ ०४, २०८१, शुक्रबार
               

ओली र गौतमले बोलाए समानान्तर किसान महासंघको बैठक

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले समानान्तर किसान महासंघको बैठक बोलाएका छन् । 

ओली र गौतमले नेकपा एमालेको जनसंगठन अखिल नेपाल किसान महासंघमा पनि समानान्तर बैठक बोलाएका हुन् ।एमाले उपाध्यक्ष तथा किसान महासंघका अध्यक्ष वामदेव गौतमले ललितपुरको धोबिघाटमा किसान महासंघको राष्ट्रिय समितिको बैठक राखेका छन् । नेकपा हुँदाको अवस्थामा अध्यक्ष रहेका गौतमले सोहीबमोजिम सो बैठक डाकेका हुन् । एमाले र माओवादीबीच एकताअगाडि गौतम महासंघका अध्यक्ष थिए । 

त्यसैगरी, एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली समूहले पनि अखिल नेपाल किसान महासंघको नाममा बैठक बोलाएको  छ । ओलीले शनिबार किसान महासंघको स्थायी कमिटी र पर्सी राष्ट्रिय समितिको बैठक बोलाएका हुन् । महासंघका उपाध्यक्ष रहेका प्रेम दंगाललाई ओलीले अध्यक्षको जिम्मा दिएका छन् ।

यो पनि