बैशाख २६, २०८१, बुधबार
               

नेपाली सेनाको आर्मी अफिसर्स क्लबमा आगलागी

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली सेनाको आर्मी अफिसर्स क्लबमा आगो लागेको छ । 

नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलका अनुसार मुख्यालय जंगीअड्डा परिसरमा रहेको ​क्लबको साउना रुममा बिजुली सर्ट हुँदा आगलागी भएको हो । 

उनका अनुसार नेपाली सेना र काठमाडौँ महानगरको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भएको नभएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि