बैशाख १३, २०८१, बिहीबार
               

रिफ्रेसका लागि प्रचण्ड पुगे सिन्धुली

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित सिन्धुली गएका छन्।

जबजब राजनीतिक जटिलता सिर्जना भई आफू अफ्ठ्यारोमा पर्छन् तबतब एकान्तबासका लागि निस्किने दाहाल नेपाली राजनीतिको गाँठ कसिँदै गर्दा बुधबार सिन्धुली पुगेका हुन् । प्रचण्डसँगै पत्नी सिता दाहाल, प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरालगायत छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेपछि खुशी भएका प्रचण्ड सर्वोच्चको अर्को फैसलाले नेकपाको एकीकरण खारेज गर्दै माओवादी केन्द्र र एमालेलाई ब्युँताइदिएपछि तनावमा परेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेको माओवादीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन सकेको छैन। राजनीतिक रुपमा निकै तनावमा रहेका प्रचण्ड आरामका लागि सिन्धुली गएका हुन्।

यो पनि