जेठ ०५, २०८१, शनिबार
               

राष्ट्रपति कार्यालय पुगे प्रचण्ड

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित सर्वदली बैठकमा भाग लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रवक्ता नारायणकाजी श्रेष्ठ र देवगुरुङसहित शीतल निवास पुगेका छन् ।

राष्ट्रपतिद्वारा बदलिँदो राजनीतिक परिस्थितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गर्न बोलाइएको सो सर्वदलीय बैठकमा सहभागिताका लागि नेकपा अध्यक्ष दाहालसहित श्रेष्ठ र गुरुङ राष्ट्रपति कार्यालय पुगेका हुन् ।  

तर, सो बैठकमा ऐमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने सहभागी नहुने बताइएको छ ।उनीहरु चार र पाँच गते हुने राष्ट्रिय भेलको कार्यक्रममा व्यस्त रहेका कारण उपस्थिति हुन नसकेको बताइएको छ । तर,विष्णु रिजालले देशमा संकट बेला प्रधानमन्त्रीले नै असंवैधानिक ढंगले संसद् विघटन गर्दा छलफल नगरेको भन्दै असन्तुष्टि प्रकट गर्दै आजको सर्वदलीय बैठकमा जानुको कुनै अर्थ नरहेको बताए । रिजाल नेपला समूहका नेता हुन् ।

उनले भने,‘जुनबेला सर्वदलीय बैठक गर्नुपर्ने थियो त्यो बेलामा उहाँ चुप लाग्नुहुन्छ, पार्टीका नेताहरु पूर्व प्रधानमन्त्री छन् भन्ने उहाँलाई याद हुँदैन, जब प्रधानमन्त्रीलाई अप्ठेरो पर्‍यो, पार्टीभित्र उहाँ अप्ठेरोमा पर्नुभयो भनेपछि यो (सर्वदलीय बैठक) गर्नुभएको हो, यो शोभनीय छैन।’

त्यसैगरी, सो बैठकमा बाबुराम भट्टराई पनि सहभागी नहुने भएका छन् । 

यो पनि