जेठ ०४, २०८१, शुक्रबार
               

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक स्थगित

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । 

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिनका लागि स्थगित गरिएको हो ।

माओवादी केन्द्रको मुख्य कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० केन्द्रिय नेताले आफ्नो धारणा राखेका थिए ।प्रवक्ता श्रेष्ठका अनुसार अब नेताहरु पूर्वजिम्मेवारीअनुसार जिल्लाजिल्लामा जानेछन् ।

केन्द्रीय कमिटिको बैठकले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीलाई पद त्याग गरी फिर्ता तथा (माओवादी) केन्द्र छाडेका नेताहरुलाई पार्टी परित्याग गरेको हो/होइन भनी स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ । 

माओवादीको बैठकबाट पार्टीको नाम परिवर्तनबारे छलफल गरेर टुंयाउने भनिए पनि सो भने हुन सकेन । 

बैठकको सुरुवातमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थिति कम्युनिस्ट पार्टीमाथि भएको आक्रमणको स्थिति, पार्टी र कम्युनिष्ट आन्दोलनमा देखा परेका चुनौती र भावी कार्ययोजनामा केन्द्रित भई प्रस्ताव पेस गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि