बैशाख १५, २०८१, शनिबार
               

प्रधानमन्त्रीले अडान नछाड्दा कुरा मिलेन:रावल

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओली समूह र आफूहरुबीच  भएको वार्ता विनानिष्कर्ष टुंगिएको बताएका छन् । 

सोमबार विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्ष बीचको लगभग तीन घण्टा औपचारिक छलफल भएको थियो । रावलका अनुसार प्रधानमन्त्रीले अडान नछाड्दा कुरा नमिलेको हो  । 

‘आज कुरा मिलेन । फेरि छलफल गर्ने कुरा भएको छ । तर कहिले कसरी भन्ने निश्चित भएको छैन,’ नेता रावलले भने, ‘उहाँहरुले २८ गतेको निर्णय खारेज गर्नुभयो भने, हामीले हाम्रा तर्फबाट घोषणा गरेका कार्यक्रम स्थगित गर्छौँ, नत्र जारी राख्छौँ ।’

ओली पक्षलाई २८ गते गरेको निर्णय पार्टीको विधि, विधान र प्रणालीविपरीत निर्णय फिर्ता लिन माधव पक्षले आग्रह गरे पनि ओली निर्णय फिर्ता गर्न तयार नभएपछि वार्ता गर्दै जाने सहमति भएको रावलले जानकारी दिए ।

‘त्यो निर्णय पार्टी विधान र सर्वोच्चको फैसला अनुकुल पनि थिएन,’आफूहरुले छलफलमा राखेको धारण सुनाउँदै रावलले भने, ‘एक अर्काका विचार आदानप्रदान गर्यौँ । त्यसक्रममा हामीले एमालेको विधान, पद्दति र प्रणालीमा साझा रुपमा समस्या समाधान गर्न तयार छौ भनेर भनेका छौ ।’ उनले तर त्यसो नगरी आफुले गरेका कामचाहिँ गरिहाल्ने अनि अरु कुरा मानिदिनुपर्ने भन्ने आफूहरुलाई स्वीकार्य नभएको प्रतिक्रिया दिए । 


कस्तो लाग्यो ?

यो पनि