बैशाख १३, २०८१, बिहीबार
               

भेडाको कथा सुनाउँदै बाबुराम भट्टराईले गरे प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न आग्रह

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा ब्यंग्यात्मक तरिकाले लेखेर भेडाको कथा सुनाउँदै परिस्थिति बुझेर बेलैमा सम्मानित बर्हिगमनको बाटो रोज्न आग्रह गरेका हुन् ।

उनले आइतबार राति लेखेका छन्, ‘दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे !  नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुनलागेको हो त ? अझै पनि समय छ- नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडोस् ! नत्र भीरबाट लड्ने गाईलाई..! । भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत परिस्थिति बुझेर बेलैमा सम्मानित बर्हिगमनको बाटो रोज्न आग्रह गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि