असोज ०६, २०८१, आइतबार
               

लाखौंको अवैध कपडासहित पक्राउ

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

कैलाली । भारतबाट अवैधरुपमा भन्सार छली ल्याएको २१ लाख ३६ हजार ४०२ रुपैयाँ मूल्य बराबरको २ हजार ५९७ पिस सुट, ५० थान दरी र ५४८ मिटर कपडासहित २ जनालाई भजनी नगरपालिका-५ लौवास्ताबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने ३७ वर्षीय रतिराम चौधरी र प्रदिप तामाङ छन् । विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अपराध अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले से.१ त १५७६ नम्बरको ट्याक्टरमा जाँच गर्ने क्रममा उक्त सामानसहित फेला पारी ट्याक्टर चालक रतिराम र उक्त कार्यमा सहयोग पुर्‍याउने प्रदिपलाई से. ७ प ८१४७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

बरामद गरिएका सामान, ट्याक्टर र मोटरसाइकलसहित उनीहरूलाई आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय टिकापुर कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि