जेठ ०४, २०८१, शुक्रबार
               

माओवादी केन्द्रको बैठक बस्दै, एमालेमा लागेका २३ नेताहरूलाई कारवाही गर्ने

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, एमालेमा गएका नेताहरूलाई कारवाही गर्ने तथा पार्टीको नामका बारेमा छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेलको रहेको भन्दै साविकको नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई ब्युँताइदिएपछि एमालेबाट नफर्केका नेताहरूको नाम एमालेको केन्द्रीय समितिमा आएपछि माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई हिजो २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।

अहिले गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । उनीहरु माओवादी केन्द्रका नेता हुन् ।  उनीहरूसँगै २३ जना नेताहरूलाई माओवादी केन्द्रले कारवाही गर्ने तयारी गरेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि