जेठ ०४, २०८१, शुक्रबार
               

माओवादीबाट मन्त्री बनेकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ ।

 पेरिसडाडाँमा आज सकिएकाे स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । माओवादीबाट जिम्मेवारीमा रहेका गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु शाह लगायतका मन्त्रीलाई फिर्ता हुन नेकपा माओवादीले निर्देशन दिएकाे हाे ।

२४ घन्टाभित्र दल त्याग गरेको या नगरेकोबारे स्पष्ट पार्न भनिएको छ । त्यसको जवाफ अनुसार कारबाहीमा जाने निर्णय भएको छ । दल त्याग गरेको भए सांसद भएकाहरुको पद स्वतः जानेछ । मन्त्री भएका उनीहरूले दल त्याग गरेको आधिकारिक जवाफपछि माओवादी केन्द्रले स्वतः सांसद पद खारेज गर्न पत्र लेख्न सक्छ । उनीहरुको सांसद पद नै खारेज हुने कानुनी व्यवस्था छ ।

शुक्रबार नेकपा एमालेको ओली समूहको बैठकले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि