बैशाख २७, २०८१, बिहीबार
               

ओलीको निर्णय मान्दैनौँ: भुसाल

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम कुनै पनि हालतमा मान्य नहुने बताएका छन् । 

शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललगायत उनको समूहमा आबद्ध सबैलाई जिम्मेवारीबाट हटाइ आफूपक्षीय नेताहरुलाई चयन गरेको प्रसंगमा नेता भुसालले ओलीको कदमलाई मुर्खतापूर्ण कदमको संज्ञा दिँदै सो बताएका हुन् । 

उनले भने, ‘सामान्यता ५० वर्षअगाडि अफ्रिकी मुलुकहरुमा यस्तो हुन्थ्यो होला । हाम्रो मुलुकमा कुनै तानाशाहले पनि यो तहमा गरेको छैन ।’ साथै, उनले ओलीको पछिल्लो कदम राजनीतिक रुपमा भर्त्सनायोग्य रहेको पनि बताए । 

स्थिर लोकतान्त्रिक विकासप्रति जगाएको विश्वासलाई बर्बाद गरी दुईतिहाइको बहुमत र पार्टी एकता सकेको बताउँदै बाँकी भएको एमाले पनि सकेको बताए ।

 


कस्तो लाग्यो ?

यो पनि