जेठ ०७, २०८१, सोमबार
               

प्रधानमन्त्री ओली केन्द्रीय सदस्यसँग छलफल गर्दै

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका पार्टीका केन्द्रीय सदस्यहरुबीच छलफल थालेका छन् । आगामी चैत १ गतेदेखि बोलाइएको केन्द्रीय कमिटी बैठकको तयारीका लागि अहिले बालुवाटारमा छलफल सुरु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि शुरू भएको छलफलमा प्रधानमन्त्री निकट केन्द्रीय सदस्यहरूको सहभागिता छ । पार्टीले लिने नीति र केन्द्रीय कमिटीको एजेन्डा तय गर्नका लागि छलफल केन्द्रित भएको बताइएको छ ।

छलफलमा नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित तथा त्यसपछि मनोनित केन्द्रीय सदस्यहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अनौपचारिक छलफल गरिरहेका हुन् । एमालेको २०५ सदस्यीय केन्द्रीय कमिटीको बहुमत सदस्य प्रधानमन्त्री ओलीको पक्षमा छन् ।

यसअघि नेकपामा ओलीले थपेका ४ सय सदस्य समेत एमालेको केन्द्रीय सदस्य स्वत: बनाउने ओलीको तयारी छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न भन्दै सत्तारुढ एमालेले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

बैठकमा सरकार र मुलुकको राजनीतिक विषयमा छलफल हुने जनाइएको  छ। सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई ब्यूँताएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक बस्न लागेको छ  ।


कस्तो लाग्यो ?

यो पनि