जेठ ०५, २०८१, शनिबार
               

देशमा अनिष्ट हुँदै छ : प्रचण्ड

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अनिष्ट हुन लागेको टिप्पणी गरेका छन् ।

रुपन्देहीमा आज राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले देशमा अनौठो घटनाक्रमहरू देखिएको जनाएका हुन् ।

सर्वोच्चको पछिल्लो फैसलालाई लक्षित गर्दै उनले जन्मिएको बच्चालाई फेर आमाको गर्भमा जा भन्ने खालको घटना भएको बताए ।

पछिल्ला घटनाक्रमलाई अनौठो र अस्वाभाविक भएको उनले जनाए । उनले भने- जन्मिएको बच्चालाई फेर पेटभित्र लगिदिने भनेको के हो ? केही अनिष्ट हुने संकेत होइन र ?

उनले अहिलेको लडाइ नेपालको संविधानलाई च्यात्ने कि त्यसका उपलब्धिलाई संस्थागत गर्ने भन्नेमा केन्द्रित रहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि