जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले जसपा मुसा दौडमा नभएको बताएका छन्।
समाजिक सञ्जाल ट्वीटरमा उनले देश संकटमा परेका बेला नेताहरूको भूमिका अपेक्षित स्तरको नभएको लेखेका छन् । आत्मसमीक्षा गर्दै अग्रगामी निकास दिने बेला आएको भन्दै भट्टराईले म्युजिकल चेयरको खेलमा आफूहरू नरहेको ट्वीट गरेका हुन् ।
‘देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है। अदालतको कृपाले अलिअलि लाज बचेको बेला उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त। जसपा त्यो मुसादौडमा छैन है,’ भट्टराईले लेखेका छन् ।
बिहीबार जसपा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । उक्त भेट गर्न अरू नेताहरू जाँदा भट्टराई बालुवाटार गएका थिएनन् ।
देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है!अदालतको कृपाले अलिअळि लाज बचेको बेला पुन:उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने,आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त!जसपा त्यो मुसादौडमा छैन है!
— Baburam Bhattarai (@brb1954) March 11, 2021