जेठ ०५, २०८१, शनिबार
               

मर्न र जेल जान तयार भएर ओलीविरुद्ध १९ पृष्ठको प्रतिवेदन लेखेको हुँ : प्रचण्ड

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू मर्न र जेल जान तयार भएर ओली प्रवृत्तिविरुद्ध १९ पृष्ठको प्रतिवेदन लेखेको बताएका छन्।

बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा प्रचण्डले सो बताएका हुन् । 

‘मैले केपी प्रवृत्तिका विरुद्ध जानीबुझी अब योसँग सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि म फेरि जेल जान पनि तयार मर्न पनि तयार प्रहार गर्नैपर्छ भनेर १९ पृष्ठको प्रतिवेदन तयार गरेको हुँ’, संबोधनका क्रममा प्रचण्डले भने । 

प्रचण्डले दलको एकता प्रक्रियामा निकै ठूलो अन्योल र गतिरोध भएको भन्दै सो प्रस्ताव पार्टी सचिवालयमा प्रस्तुत गरेका थिए।

पेरिसडाँडमा बिहीबार संबोधनकै क्रममा उनले ओली प्रवृत्तिविरुद्ध युद्धमा जाने भनेर हिंसाको कुरा नगरेको बताउँदै आफूले गर्ने युद्ध शान्तिपूर्ण हुने बताए ।

‘हामीले संसद् विघटनका विरुद्धको, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षड्यन्त्रविरुद्ध देशव्यापी अभियान चलायौँ र त्यो ब्याटल त जित्यौँ, तर हामीले वार चाहिँ जितेका छैनौँ’, अध्यक्ष प्रचण्डले भने, ‘अझै पनि ठूल्ठूला षडयन्त्र भइराख्या छन्। तपाईं हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइ नै राखेको छ।’


कस्तो लाग्यो ?

यो पनि