जेठ ०४, २०८१, शुक्रबार
               

मुलुक शान्तिपूर्ण युगमा प्रवेश गरेको छ: प्रधानमन्त्री

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विखण्डनवाद र हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिपूर्ण युगमा प्रवेश गराएको बताएका छन् ।

बुधबार राष्ट्रिय सुरक्षा परिषद्को २० औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो बताएका हुन् । 

स्वतन्त्र मधेस अभियान चलाइरहेका सिके राउत र हिंसात्मक गतिविधिमा लागेका विप्लव समूह शान्तिपूर्ण बाटोमा ल्याएको बताउँदै उनले भने, ‘पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई शान्तिपूर्ण बाटोमा ल्याएर राष्ट्रिय एकताको बाटोमा अघि बढाएका छौँ। आन्तरिक हिंसा पनि टुंगिएको छ, बेठिक बाटो छाडेर शान्तिपूर्ण बाटोमा फर्किने मौका दिएका छौँ ।’

अर्को प्रसंगमा ओलीले नेपाली सेनाको प्रशंसा गरे । ‘सेनालाई अनावश्यक विवादमा तान्न खोज्ने वा अपमान गर्ने, प्रोभोक गर्न खोज्ने, अझ घिसारेर विवादमा ल्याउन खोज्ने प्रवृत्ति देखिन्छ । अनुत्तरदायी ढंगले सेनालाई हिलो छ्याप्नु हुँदैन,’ प्रधानमन्त्रीले भने । 


कस्तो लाग्यो ?

यो पनि