जेठ ०४, २०८१, शुक्रबार
               

धनगढीमा ओली र नेपाल पक्षबीच झडप

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

धनगढी । धनगढीमा एमाले केपी ओली र माधव नेपाल पक्षबीच झडप भएको छ । धनगढीस्थित प्रदेश कार्यलयमा बोर्ड राख्ने र हटाउने विषयमा एमाले केपी ओली र माधव नेपाल पक्ष झडप भएको हो । 

धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ता बीच झडप भएको हो ।

बुधबार बिहान नेपाल पक्षका कार्यकर्ताले कार्यलय प्रवेश गरी भीम रावल प्रदेश इन्चार्ज र भानुभक्त जोशी अध्यक्ष भएको नेम प्लेटसहित नयाँ बोर्ड राखेका थिए ।

त्यसको केहीबेरमा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा गएको जुलुसले माधव पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेको थियो । सो समूहले रावल प्रदेश इन्चार्ज र जोशी अध्यक्ष भन्ने नेम प्लेट पनि हटाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि