कात्तिक ३०, २०८१, शुक्रबार
               

पार्टीमा माधव नेपाललगायत नेतालाई समान व्यवहार हुन्छ: नेम्वाङ

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले माधव नेपाल र झलनाथ खनाललगायत नेताहरुलाई पार्टीमा सम्मानजनक व्यवहार हुने बताएका छन् । 

बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेम्वाङले सो कुरा बताएका हुन् । सञ्चारकर्मीहरुसँग नेम्वाङले भने, ‘उहाँहरुलाई सम्मानजनक ढंग व्यवहार हुन्छ ।’

संसद् विघटन गर्ने ओलीको कदमप्रति विरोध जनाउँदै नेपाल–खनालसहित उनीपक्षीय नेताहरु प्रचण्ड खेमामा रहेर सरकारविरुद्ध आन्दोलनरत थिए । तर,  फागुन २३को सर्वोच्चको फैसलासँगै पूर्ववत  एमालेमा फर्कनुपर्ने बाध्यता सिर्जना भएको छ ।


कस्तो लाग्यो ?

यो पनि