जेठ ०४, २०८१, शुक्रबार
               

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । हिजोदेखि जारी नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल जारी छ ।

हिजो बसेको स्थायी कमिटी बैठकमा नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने रणनीति बनाएकाे स्राेतले जनाएकाे छ । हिजोको फागुन २९ गते केन्द्रीय कमिटी बैठक र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय समेत गरेको थियो ।

हिजो सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि