प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो झुटकाे डँकाइमा लागेकाे नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन् ।
उने फेसबुकमा स्टाटस हाल्दै संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गरेकाेमा कांग्रेसले विरोध गर्दा झुटकाे डँका पिट्दै हिडेकाे आरोप प्रधानमन्त्रीलाई लगाए । असंवैधानिक नियुक्तिको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
उनले आफूहरूले एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेशकाे विरोध नगरेकाे बरू अझ सुधार गरेर कानून बनाउन नेपाली कांग्रेस सदनमा प्रतीक्षारत रहेकाे बताए ।