बैशाख १४, २०८१, शुक्रबार
               

धुम्बाराहीमा राखियो नेकपा एमालेको बोर्ड

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन्।

नेकपा मुख्यालय रहेको धुम्बाराहीमा नेकपा (एमाले) को बोर्ड राखिएको छ । नेकपाको सट्टा एमालेको बोर्ड राखिएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठन भएको हाे । तर सर्वोच्चले एकता नै अबैधानिक भन्दै एकता रद्द गरेपछि पुरानै पार्टी कायम भएकाे हाे ।


कस्तो लाग्यो ?

यो पनि