जेठ ०७, २०८१, सोमबार
               

मकवानपुरको नेकपा पार्टी कार्यालयमा एमालेको होर्डिङ बोर्ड

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

काठमाडौं  । सर्वोच्च अदालतले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलको भनी फैसला गरेसँगै पूर्वमाओवादी र पूर्व एमाले ब्यूँतिने अवस्थामा पुगेका छन् ।

सर्वोच्चबाट आइतबार सोहीअनुरुपको फैसला आएसँगै विभिन्न जिल्लामा पूर्वएमालेका साइनबोर्ड राख्न सुरु भएको छ । विभिन्न जिल्लामा नेकपा एमालेको झन्डा राख्ने क्रममा सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरको पार्टी कार्यालयमा पनि नेकपा एमालेको होर्डिङ बोर्ड राखिएको छ ।

हेटौँडा उपमहानगरपालिका–५ पुष्पलालपार्कस्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालयमा सोमबार नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता तथा कार्यकर्ताहरुले नेकपाको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका हुन् । आइतबार ओली समर्थकले सर्वोच्चको फैसलालाई स्वागत गर्दै हेटौँडामा विजय -यालीसहित दीप प्रज्वलन गर्दै लड्डु बाँडेका थिए ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच भएको एकतापछि हेटौँडास्थित उक्त पार्टी कार्यालयलाई एकीकृत पार्टीको कार्यालयका रुपमा प्रयोग गरिँदै आएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेपछि प्रचण्ड माधव समूहका पूर्व एमालेका नेता तथा कार्यकर्ताले उक्त पार्टी कार्यालय आफ्नो भएको दाबी गर्दै तालाबन्दी गरेका थिए । तर, अहिले सो कार्यालयमा ओली पक्षका कार्यकर्ताले नेकपा एमालेको बोर्ड राखेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि