मंसिर ०७, २०८१, शुक्रबार
               

प्रतिनिधिसभा बैठक २६ सम्मका लागि स्थगित

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ सम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँस गरी २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएको छ । 

सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनी बदर गरी १३ दिनभित्र संसद् बैठक बोलाउन दिएको आदेशबमोजिम बसेको आइतबार पहिलो बैठक बसेको थियो । बैठकमा रोस्टम घेराउदेखि संसद बाहिरिने कार्य भएका थिए । 

प्रतिनिधिसभा बैठक बसेको केही बेरमै दाहाल-नेपाल समूहका सांसद बाहिरिएका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले रोस्टम घेराउ गरेपछि सभामुख सापकोटाले १० मिनेटका लागि रोस्टम घेराउ गरेका थिए ।बैठक सुरु भएको केही मिनेटमा दाहाल-नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री कुन पार्टीका भनी प्रश्न गरेका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि