कात्तिक १६, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।प्रमुख सचेतक विशाल भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले आइतबार साँझ सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन् । 

संसद् बैठक समयमा सुरु नभएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएर संसदीय दलको बैठक बोलाएका हुन् । 

आइतबारमात्रै सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता नभई पूर्ववत अवस्थामा रहेको फैसला गरेको छ ‘एमाले भनेर होइन, सबै सांसदहरुलाई सूचना पठाइएको छ । केहीबेरमै बालुवाटारमा दलको बैठक बस्छ,’ भट्टराईले भने ।

‘एमाले भनेर होइन, सबै सांसदहरुलाई सूचना पठाइएको छ । केहीबेरमै बालुवाटारमा दलको बैठक बस्छ,’ भट्टराईले भने । 

प्रधानमन्त्री केपी समूहका प्रमुख सचेतक विशाल भट्टराईले  पार्टी एकता प्रक्रिया नै अस्विकार गर्ने सर्वोच्च अदालतको फैसलालगत्तै प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुलाई महत्वका साथ हेरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि