जेठ ०४, २०८१, शुक्रबार
               

कांग्रेसले अविश्वासको प्रस्तावबारे तत्काल निर्णय गर्दैन: खाँण

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठकले तत्कालै अविश्वास प्रस्तावबारे निर्णय नगर्ने निष्कर्ष निकालेको छ । 

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले अविश्वास प्रस्तावबारे अहिले निर्णय गर्न हतार हुने निष्कर्ष निकालेको हो । 

बैठकपछि संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले अविश्वास प्रस्तावबारे कांग्रेसले उचित समयमा उचित निर्णय लिने बताए ।  बैठकले संसद विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै यसलाई संविधानवादको जीत हो भनेको छ ।

शुक्रबारको बैठकमा २९ जना सांसदले धारणा राखेका थिए । तर, बैठकले फागुन २३ गतेदेखि सुरु हुने प्रतिनिधिसभाको बैठकमा कस्तो रणनीति तयबारे कुनै निर्णय गरेको छैन ।


कस्तो लाग्यो ?

यो पनि