जेठ ०४, २०८१, शुक्रबार
               

नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।  शुक्रबार झलनाथ खनालको अध्यक्षमा बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।

प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद गरी १११ जना सहभागी भएका थिए ।  प्रचण्ड माधव समूहले गत पुसमा नै संसदीय दलको बैठक बसेर प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको बताएको थियो । 

पुस ५मा प्रतिनिधिसभा विघटनसँगै नेकपाका शीर्ष नेता दुई धारमा विभाजित छन् । जसमध्ये एकको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले गरेका छन् भने अर्को समूहको नेतृत्व दाहाल-नेपाल समूहले संयुक्त रुपमा गरेका छन् ।

यो पनि