जेठ ०४, २०८१, शुक्रबार
               

नेत्रविक्रम चन्द 'विप्लव' आइपुगे काठमाडौं

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

सरकारसँग तीनबुँदे सहमति भएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' प्रहरी सुरक्षासहित संघीय राजधानी काठमाडौं आइपुगेका छन् । उ

सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच राजधानीमा वार्ता सफल भएपछि तीन वर्षदेखि भूमिगत 'विप्लव' काठमाडौं आइपुगेका हुन् । सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईका अनुसार आज दिउँसो २ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सहमतिपत्रमा हस्ताक्षर गरी त्यसलाई सार्वजनिक गर्ने कार्यक्रम छ । 

यससँगै विप्लव औपचारिक रुपमा सार्वजनिक भई शान्तिपूर्ण राजनीति सुरु गर्नेछन् । सरकारले २०७५ फागुन २८ गते 'विप्लव' समूहमाथि प्रतिबन्ध लगाएपछि विप्लव कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । 

'विप्लव' समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएपछि  सरकारले उक्त  समूहमाथि लगाएको प्रतिबन्ध हटाइसकेको छ । प्रतिबन्दा हटाएसँगै कार्यकर्ताहरू पनि रिहा हुन थालेका छन् । 

यो पनि