बैशाख ३०, २०८१, आइतबार
               

सरकार र विप्लव समूहबीचको वार्ता सकियो

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

प्रतिबन्धित नेकपा विप्लव समूह र सरकारबीच पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा वार्ता भएको हो । 

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको थियो भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए ।

वार्तामा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार आज दुई पक्षबीच आ–आफ्नो कुरा राख्ने काम मात्र भएकाे छ । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ’, भट्टराईले भने, ‘वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँछु।’


कस्तो लाग्यो ?

यो पनि