बैशाख ३१, २०८१, सोमबार
               

विप्लव समूहसँगको वार्ता सकारात्मक : भट्टराई

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकार र विप्लव समूहले वार्ता बनाएको भोलिपल्टै वार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पक्षबीच वार्ता भएको हो । सरकारी वार्ता टोलीको नेतृत्व संयोजक एवं गृहमन्त्री रामबहादुर थापा वादलले गरेका थिए । त्यसमा सरकारी टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सरिक थिए ।

विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने 'दीपक' वार्तामा बसेका थिए । 

सरकारी वार्ता टोलीका सदस्य भट्टराईले आजको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि