जेठ ०३, २०८१, बिहीबार
               

नैतिकताका आधारमा प्रधानमन्त्री भाग्न मिल्दैन: गुरुङ

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा राजीनामा गर्न नमिल्ने बताएका छन् । 

सोमबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले संवैधानिक र नैतिकताको हिसाबले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीबाट भाग्न नमिल्ने बताएका हुन् । 

‘सार्वभौम जनता र संसदीय प्रणालीबाट निर्वाचित प्रधानमन्त्रीले राज्य सञ्चालन गर्नु तपाईंको दायित्व हो । त्यो तपाईंको जिम्मेवारी र नैतिकताको विषय हो’ भनेर सर्वोच्चले गरेको फैसलाको पृष्ठ नौमा उल्लेख भएको मन्त्री गुरुङले बताए ।

उनले भने, ‘अहिले जसले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ भनिरहेका छन् । यस्तै किसिमको विषय उठाउने हो भने उहाँहरुले राजनीतिबाटै सन्यास लिएको राम्रो हुन्छ ।’

प्रधानमन्त्री ओलीलाई नैतिकताको पाठ सिकाउनेहरुले आफू कुन राजनीतिक धरातलमा उभिएको छु भनेर विचार गर्न आवश्यक रहेको उनले बताए ।

सर्वोच्चको फैसलाअनुसार पनि प्रधानमन्त्री ओलीले अहिले राजीनामा नगर्ने उनको भनाइ छ । संसद बैठक आह्वान भइसकेकाले प्रधानमन्त्री ओलीले त्यसैअनुसार संसदीय व्यवस्थामा रहेर आगामी दिनमा फैसाला गर्ने उनले बताए ।सोही क्रममा उनले विप्लव नेतृत्वको नेकपा मूलधारको राजनीतिमा आउने प्रक्रियामा रहेको बताए । 


कस्तो लाग्यो ?

यो पनि