जेठ ०३, २०८१, बिहीबार
               

पार्टीमा फर्कने चाहनेहरुका लागि अझै ढोका खुला छ: मन्त्री भट्ट

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टी छोडेर गएकाहरुका लागि अझै ढोका खुला रहेको बताएका छन् । 

झापामा प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा औद्योगिक पार्क शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘उहाँहरु हराउनुभएको छ। खोजी गरेर पार्टीमा ल्याउनु छ,’ मन्त्री भट्टले भने, ‘पार्टीभित्र आत्मआलोचित भएर आउँछन् भने प्रधानमन्त्रीले ढोका खुल्लै राख्नुभएको छ।’ 

सरकारले औद्योगिक क्षेत्रको विकासमा महत्वपूर्ण काम गरेको भन्दै अहिलेको सरकारले विकास निर्माणमा फड्को मारिरहेको मन्त्री भट्टको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि