जेठ ०४, २०८१, शुक्रबार
               

रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल वली अदालत जाने

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

नेपाल दाहाल-नेपाल समूहका नेता रघुजी पन्तले आफ्नो मानमर्दन गरेको भन्दै राष्ट्रिय सभा सदस्य तथा केपी समूहकी केन्द्रीय सदस्य  कोमल वली अदालत जाने भएकी छन् ।

नेता पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्ने तयारी वलीले गरेकी हुन् । नेता पन्तले एक कार्यक्रममा मन्तव्य दिँदा पिडुँला देखाएका भरमा केपी ओलीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरेका थिए। वली अहिले दाङमा छिन् । उनले भनिन्, 'पर्सी काठमाडौं आउछु ।त्यसपछि मेरो वकिलसँग सरसल्लाह गरेर कानूनी प्रक्रियामा जाने विचार गरेको छु । म न्यायको लागि अदालतमा जान्छु ।'

नेता पन्तले २० औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि कोमल वलीलाई केपी ‌‌ओलीले सांसद बनाएको बताएका छन् । नेता पन्तको अभिव्यक्तिको खण्डन गर्दै वलीले लामो फेसबुक स्टाटस लेखेकी थिइन् । रघुजीको अभिव्यक्तिमाथि सामाजिक सञ्जारतिर पनि चर्को आलोचना भएको छ । वली नेकपा ओली समूहमा खुलेकी छन् ।


कस्तो लाग्यो ?

यो पनि