जेठ ०३, २०८१, बिहीबार
               

प्रधानमन्त्री ओली औद्योगिक क्षेत्र शिलान्यास गर्न गृह जिल्ला जाँदै

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । प्रधानमन्त्री ओली झापामा औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । उनको निर्वाचन क्षेत्र झापा–५ मा विभिन्न योजनाको शिलान्यास र उद्घाटनका लागि ओली गृहजिल्ला आउन लागेको प्रधानन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए । 

झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।

सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् ।

हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र सन्चालित छन् ।

 


कस्तो लाग्यो ?

यो पनि