जेठ ०३, २०८१, बिहीबार
               

सांसद किनबेच हुने खतरा बढ्यो : मन्त्री ज्ञवाली

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

काठमाडौं  । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसदमा सांसदको किनबेच हुने खतरा बढेको बताएका छन् ।

नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औँ वार्षिक साधारणसभालाई संबोधन गर्ने क्रममा मन्त्री ज्ञवालीले सो बताएका हुन् । 

‘कतै फेरि संसद सांसदहरुको खरिद विक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरि दलहरुको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन,’उनले भने । यद्यपि सो क्रममा उनले न्यायपालिकाले गरेको फैसला आफूहरुलाई मञ्जुर रहेको बतए । 

पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन सिफरिस भएको बताउँदै उनले गत वर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भएको उनको विश्लेषण छ ।


कस्तो लाग्यो ?

यो पनि