बैशाख २३, २०८१, आइतबार
               

नेपालको राजनीति पुस ४ मा पुग्यो: मन्त्री भट्ट

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने बताएका छन् । 

ग्यास बिक्रेता महासङ्घ नेपालको सातौँ वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा पेट्रोलियम पदार्थ आपूर्ति बहुराष्ट्रिय कम्पनीको हातमा हुँदा छिमेकी मुलुक भारतले युद्ध हारेको तथ्य अघि सार्दै भट्टले सो बताएका हुन् । 

 ग्यास बिक्रेता व्यवसाय सञ्चालनका क्रममा परेको अप्ठ्यारा हल गर्न सरकार तयार रहेको बताउँदै मन्त्री भट्टले भने, ‘पेट्रोलियम अत्यन्त संवेदनशील विषय हो, यसको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ ।’

सरकार नरहने आशंका गरिरहेका बेला मन्त्री भट्टले भर्खरै प्रतिनिधिसभा पुनर्स्थापना भएको उल्लेख गर्दै नेपालको राजनीति पुस ४ गतेको अवस्थामा पुगेको बताए । 

सरकार परिवर्तन भए निजी क्षेत्रको समस्या समाधान हुँदैन कि भनेर आशंका नगर्न आश्वास्त पार्दै मन्त्री भट्टले यही सरकारले व्यवसायीका समस्या समाधान गर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि